राष्ट्रपति कार्यालय विस्तार गर्न जरूरी छैनः मन्त्री झाक्री
सहयात्रा टिभी
काठमाडौं । पुस ३०, सहरी विकास मन्त्री रामकुमारी झाक्रीले महाराजगन्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान एकेडेमीलाई अहिलेकै अवस्थामा रहन दिने बताएकी छन्।
सेतोपाटीसँग कुराकानी गर्दै मन्त्री झाक्रीले प्रहरी तालिम केन्द्रको महत्व र प्रहरीको भावना जोडिएकाले त्यहाँ अन्य संरचना नबन्ने बताएकी हुन्।
उनले राष्ट्रपति कार्यालयमा औपचारिक कार्यक्रम भएका बेला पार्किङ अभाव भए तालिम केन्द्रमा पार्किङ गरे पनि अन्य समयमा भने त्यसको प्रयोग नगरिने बताइन्।
२०७५ भदौमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रहरी तालिम केन्द्रलाई १८ महिनाभित्र काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो। तालिम केन्द्रको जग्गालाई राष्ट्रपति कार्यालले प्रयोग गर्ने भनिएको थियो।