केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माधव नेपाल आन्तरिक छलफलमा, प्रचण्डले पनि भेटे

सहयात्रा टिभी

काठमाडौं । फाल्गुन १३, प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आन्तरिक छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालमा नेताहरूबीच छलफल चलिरहेको छ । छलफलकैबीचमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले पनि नेपालसँग भेट गरेका छन् । छलफल चलिरहँदा दाहालबीचमा पुगेर केही बेरमा नै बाहिरिएको स्रोतले जानकारी दियो । शुक्रबार बिहान अध्यक्ष नेपालले प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए ।

एमसीसीका विषयमा सत्ता गठबन्धनमा सहमति नजुट्दा आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

प्रकाशित : 25 February, 2022

प्रतिक्रिया दिनुहोस्