‘एमसीसी पास भयो, अब वामपन्थी दल बढारिन्छन्’
काठमाडौं । फाल्गुन २०,एमसीसी परियोजना पास भएपछि अब के होला रु नेपालको वामपन्थी आन्दोलन कता जाला रु यसबारे धेरैमा जिज्ञासा छ । नेपालमा एमसीसी परियोजना आउनुमा लामो पृष्ठभूमि रहेको छ । नेपालमा गणतन्त्र अमेरिका, पश्चिमाहरूको समर्थनबाट ल्याइएको हो । गणतन्त्रको नयाँ उपलब्धि बनेर एमसीसी परियोजना आएको छ । गणतन्त्र जोगाइदिने विश्वसनीय माध्यम बनेर एमसीसी आएको छ ।
हिजो वामपन्थी दलहरूलाई प्रयोग गरेर गणतन्त्र ल्याउन सहयोग गर्ने तिनै पश्चिमा शक्ति हुन् । तिनै शक्ति अर्थात् अमेरिकनहरू यहाँ चलखेल गर्न पाइरहियोस्, संसद्बाटै सम्झौता प्रमाणीकरण होस भनेर उनीहरू नेपाल प्रवेश गरे । एमसीसी परियोजना वामपन्थी आन्दोलनलाई सघाउन यहाँ आएको जस्तो मलाई लाग्दैन । जुनसुकै देशमा होस कम्युनिष्ट आन्दोलन विरोधी अभियानलाई अगाडि बढाउँदै जाने अमेरिकाको नीति रहँदै आएको छ । त्यही नीतिअनुसार यहाँ एमसीसी आएको छ ।एमसीसी आउने बेलासम्म यहाँ के स्थिति देखापर्यो, बाम पार्टीहरू शक्तिशाली दल बनेको अवस्था भयो । वामपन्थीको प्रगति बढ्दै बढ्दै संसदमा झन्डै २ तिहाइ नजिकको बहुमत आयो । वामपन्थीको नेतृत्व क्षमता बलियो भएको भए एमसीसी अघि बढ्ने नै थिएन । उनीहरूले आफूलाई टिकाउन सकेनन्, देशको नेतृत्व गर्न सकेनन् । त्यसमा पश्चिमा शक्तिको चलखेल भन्दा पनि उनीहरू आफैँले नेतृत्व क्षमता देखाउन सकेनन् ।