कर्णालीमा चुनावी चटारो छैनन् एजेण्डा, पार्टी प्रवेशको फण्डा
सहयात्रा टिभी
काठमाडौं । चैत १०, कर्णाली प्रदेशमा राजनीतिक दलहरू आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनावमा केन्द्रित भएका छन् ।
जिल्लादेखि केन्द्रसम्मका नेताहरू चुनावी एजेण्डाभन्दा पनि पार्टी प्रवेश गराउने प्रतिस्पर्धामा लागेका छन् ।
पछिल्लो एक हप्तामा मात्रै मुख्य राजनीतिक दलहरूका शीर्ष नेताहरू पार्टीका कार्यकर्तालाई प्रशिक्षण दिन कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पुगेका छन् ।
उनीहरूको प्रशिक्षण पश्चात् कर्णालीमा टोल, गाउँ सभा र पार्टी प्रवेशलगायत चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय समितिले थालेको ‘घर(घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई कांग्रेस सुर्खेतले निरन्तरता दिँदै कार्यक्रम थालेको छ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायत दल चुनावी माहौल बनाउन गाउँ(गाउँ छिरेका छन् ।