केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केपी ओलीको अभिव्यक्ति प्रति लोसपा नेता सर्राफको विरोध

सहयात्रा टिभी

काठमाडौं। चैत २३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिलाई मधेशवादी दलका नेताले खण्डन गरेका छन् ।

वीरगञ्जमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘केही स्वार्थीवादीहरुले केपी ओली मधेश विरोधी’ रहेको भनेर हल्ला फैलाएको भन्ने अभिव्यक्तिलाई लोकतान्त्रिक समाजवादी पार्टी लोसपा वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फले खण्डन गर्दै विरोध जनाएका हुन् ।

सर्राफले सामाजिक सञ्जालमा स्टाट्स लेख्दै केपी ओलीले आन्दोलनको बेला ओलीले दिएका अभिव्यक्तिहरु मधेश विरोधी नै भएको दाबी गरेका छन् ।

नेता सरार्फले विभेद कायम रहेसम्म समृद्धि र दिगो बिकास सम्भव नहुने कुरा ओलीले बुझ्न बाँकी रहेको टिप्पणी गरेका छन् ।

‘मधेशवादी दलबाट आफ्नो पहिचान बनाई ‘ओली शरनम् गच्छामी’ भएका मधेशका गद्दारहरुले ओलीलाई सो कुरा छिट्टै बुझाउने छन् भन्ने विश्वास छ’ उनले स्टाटसमा भनिएको छ ।

विभेदकारी संविधान जारी भएकै दिन ओली एण्ड कम्पनीले दिपावली र मधेशी जनताले शोक तथा कालो दिवसका रुपमा मनाएको दिन बिर्सन नहुने सर्राफले भनेका छन् ।

‘मधेस आन्दोलनमा ओलीले नरसंहार गर्दा ‘दुई–चार वटा आँप खस्दैमा केहि हुन्न’, मानव साङ्लोलाई माखे साङ्लो’ भन्ने ओलीको बोली तपाईंहरुले बिर्सनु भयो होला, तर मधेशी जनतालाई सदैब याद रहने छ,’ उनले भनेका छन् ।

मधेसीहरुको नाममा राजनीति गरेर पार्टी परिवर्तन गर्नेहरुलाई स्मरण गराएका छन् ।

सर्राफले थप भनेका छन्, ‘शताब्दीयौँदेखी मधेशी र उत्पीडितलाई गुलाम बनाई राख्ने, उपनिवेश लादीरहने मधेश बिरोधी पार्टी र खासगरी ओलीलाई फुलको माला लगाउँदा तपाईहरुका हात काँपेनन् तर यस्ता दलबदलु गद्दारहरुलाई मत हाल्न जनताको हात अवश्य काँप्ने छन्।’

प्रकाशित : 6 April, 2022

प्रतिक्रिया दिनुहोस्