मोदी र बाइडेनबीच आज वार्ता हुँदै

सहयात्रा टिभी

काठमाडौं। चैत २८, अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार भर्चुअल वार्ता हुने भएको छ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटले दिएको जानकारीअनुसार उनीहरुको बीचमा कोरोना महामारीदेखि विश्व अर्थतन्त्रसम्मका विभिन्न विषयमा छलफल हुनेछ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिअनुसार उनीहरुको बीचमा रुसले युक्रेनमाथि गरिरहेको आक्रमणको विषयमा पनि छलफल हुनेछ।

रुसलाई रोक्दै युक्रेनमा भइरहेको विध्वंस रोक्नको लागि पनि बाइडेनले मोदीलाई आग्रह गर्नेछन्।

पश्चिमा मुलुकले प्रतिबन्ध लगाएसँगै अहिले रुस तेलको लागि नयाँ बजारको खोजीमा छ।

भारतले पनि भारी छूटसहितको रुसी तेल प्रयोग गरिरहेको छ। भारतले करिब ६० लाख ब्यारेल रुसी तेल खरिद गरिसकेको छ।

हालै मात्र भारत भ्रमण गरेका अमेरिकाका सहायक राष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले अमेरिकाले रुसबाट तेल खरिदको लागि कुनै निश्चित सीमा नतोकेपछि व्यापक मात्रामा तेल खरिद बढाएको भने हेर्न नचाहेको बताएका छन्।

प्रकाशित : 11 April, 2022

प्रतिक्रिया दिनुहोस्