निर्वाचन आयोगले संविधान कुल्चिएको आरजुको आरोप

सहयात्रा टिभी

काठमाडौं। चैत ३०, नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगले संविधानलाई कुल्चिएको आरोप लगाएकी छिन् ।

निर्वाचन आयोगले स्थानीय तहको प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष मध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्‍वार बनाउनु पर्ने बाध्यकारी व्यवस्था नगरेकोमा असन्तुष्टि जनाउँदै उनले आयोगले संविधान कुल्चिएको आरोप लगाएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी उनले आफ्नो फेसबुकमा लेखेकी छिन् । ‘नेपालको संविधानको धारा ३८९४०लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरुलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

आरजुले उल्लेख गरेको संविधानको धारा ३८९४० मा लेखिएको छ, ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुनेछ ।’

प्रकाशित : 13 April, 2022

प्रतिक्रिया दिनुहोस्