नेपालगञ्ज उपमहानगरको मेयर पदमा काँग्रेसबाट ७ जना आकाङ्क्षी

काठमाडौं। चैत ३०, नेपाली काँग्रेसले बाँकेस्थित नेपालगञ्ज उपमहानगरपालिकाका लागि मेयर र उपमेयर पदका लागि आकाङ्क्षाहरूको सूची तयार गरेको छ ।
पार्टीको केन्द्रीय परिपत्रअनुसार वैशाख २० गते हुने स्थानीय तहको निर्वाचनका लागि आकाङ्क्षीहरूको सूची तयार गरिएको नगर समितिका सभापति प्रशान्त विष्टले जानकारी दिएका छन् ।
उपमहानगरपालिकामा मेयर पदका लागि ७ जना आकाङ्क्षी देखिएका छन् भने उपमेयर पदका लागि ११ जना आकाङ्क्षीहरू रहेका छन् ।