पोखरामा उल्टो बाटो हिँडेका मेयर उपमेयर

सहयात्रा टिभी

काठमाडौं। वैशाख १,  महानगर बनेपछि पोखराका जनप्रतिनिधिले पदभार ग्रहण गरेको दुई महिनामात्र बितेको थियो।

२०७४ साउन २० गते लेकसाइडकी व्यवसायी प्रतिमा प्रधान एकीकृत कर बुझाउन महानगर कार्यालय पुगिन्। महानगरका कर अधिकृत शिवहरि शर्माले बितेको वर्षको पनि कर तिर्न बाँकी रहेछ भने।

प्रधानले बितेको वर्षको कर तिरेको रसिद देखाइन् तर शर्माले मानेन्। प्रधानले थप २४ हजार रुपैयाँ तिरिन् तर शर्माले रसिद दिएनन्।

प्रधानले आफ्नो गुनासो लिएर मेयर मानबहादुर जिसीकहाँ पुगिन्। शर्माले कर तिर्न बाँकी छ भनेर भ्रष्टाचार गरेको प्रमाणित भयो। मेयरले पैसा फिर्ता गराए तर शर्मामाथि कुनै कारबाही भएन।

महानगरले दिने सेवा लिँदा घुस दिनु परेको सेवाग्राहीहरुको गुनासो घटेको छैन। कर्मचारीले निर्वाचित जनप्रतिनिधिसँग पनि हाकाहाकी घुस मागेको घटना छन्।

वडानम्बर ६ का वडासदस्य हरि पहारीले जिल्ला मालपोत कार्यालय अगाडि सार्वजनिक जमिन अतिक्रमण गरेर बनेको संरचना हटाउन कर्मचारीलाई आग्रह गरे। त्यसका लागि महानगरले आफ्नै डोजर पठाउनुपर्थ्यो।

पहारीका अनुसार उनीसँग एक कर्मचारीले ३० हजार रुपैयाँ घुस मागे। वडासदस्य भन्ने थाहा पाएपछि ती कर्मचारीले कुरा फेरेको पहारीको भनाइ छ।

स्थानीय निर्वाचन,२०७४ मा पोखरा महानगरमा मेयर र उपमेयरसहित दुई तिहाई जनप्रतिनिधि एमालेबाट विजयी भएका थिए। उनीहरूले चुनावका बेला भोट माग्न घोषणापत्रमार्फत धेरै प्रतिबद्धता गरेको थियो।

प्रकाशित : 14 April, 2022

प्रतिक्रिया दिनुहोस्