डेढ करोड नेपाली एमाले छन्ःओली
सहयात्रा टिभी
काठमाडौं। वैशाख १३, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको जनसंख्यामध्ये आधा एमालेमा रहेको दाबी गरेका छन्।
मनमोहन स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ३ करोड नेपालीमा डेढ करोड एमालेमै रहेको दाबी गरेका हुन्।
देशभरी यत्रो पार्टी सञ्चालन गर्दा यति धेरै मान्छे मिल्दै जाँदा, तीन करोड भनेको नेपालीमा डेढ करोड नेपाली त एमाले छन्, कम्तीमा,’ ओलीले थपे, ‘जब, सिंगो जनसंख्याको आधा हामीसँग छ भने त्यसलाई परिचालन गर्ने दायित्व पनि छ।’