विप्लव नेतृत्वको नेकपा विभाजन नजिक
सहयात्रा टिभी
काठमाडौं। वैशाख १४, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्र रूपमा स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि पार्टी फुट नजिक पुगेको छ।
निर्वाचन बहिष्कारको पक्षमा रहेको नेकपाको अर्को समूहले स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ताहरुलाई उम्मेदवारी फिर्ता लिन विज्ञप्ति जारी गरेरै निर्देशन दिएपछि पार्टीमा विवाद चुलिएको हो।
गत चैत्रमा कपिलवस्तुको शिवनगरमा बसेको नेकपाको केन्द्रीय समिति बैठक पनि निर्वाचनमा भाग लिने वा नलिने विषयमा केन्द्रित भएको थियो। महासचिव चन्दले निर्वाचनलाई उपयोग गरेर जाने राजनीतिक प्रस्ताव बैठकमा पेस गरेका थिए। तर उनको प्रस्ताव केन्द्रीय समितिमा अल्पमतमा परेको थियो।