ओलीको गृहनगर दमकमा राप्रपाको अग्रता
सहयात्रा टिभी
काठमाडौं। ज्येष्ठ १, झापाको दमक नगरपालिकाको मेयर पदमा राप्रपाले अग्रता लिएको छ ।
गठबन्धनबाट उम्मेदवार बनेका राप्रपाका राम थापाले २१५८ मतसहित अग्रता लिएका हुन् ।
त्यस्तै नेकपा एमालेका मेयर पदका उमेदवार गीता अधिकारीले २१३६ मत ल्याएकी छिन् ।
नगर उपमेयरमा गठबन्धनकै तर्फबाट नेपाली काँग्रेसकी उमेदवार रेगिना भट्टराईले २१३८ मतका साथ अग्रता कायम गरेकी छन् ।
त्यस्तै एमालेका अम्बिकाप्रसाद खनालले १९७७ मत प्राप्त गरेका छन् । ३९ हजार ९४९ मत खसेको यस नगरपालिकामा अहिलेसम्म यो ५००६ मत गणना गरिएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । यो पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत हो ।