केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सर्लाहीको कौडेनामा नेपाली कांग्रेस विजयी

सहयात्रा टिभी

काठमाडौं। ज्येष्ठ ३, सर्लाहीको कौडेना गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

प्रमुखमा ५ हजार २८१ मत सहित रुपेश कुमार विजयी भएका छन् भने उपप्रमुखमा नगिना देवी ३ हजार ७०५ मत ल्याएर विजयी भएकी छिन्।

मेयरमा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजनन्दन चौधरीले २ हजार ४४१ मत मात्रै पाए। त्यस्तै उपप्रमुखमा निकटतम प्रतिस्पर्धी जसपाकी पलवीदेवी यादवले २ हजार ३७२ मत प्राप्त गरिन्।

७ वडा रहेको कौडेना गाउँपालिकामा नेपाली कांग्रेसले ४, माओवादी, राप्रपा र जसपाले एकएक वडामा विजय प्राप्त गरेका छन्।

 

प्रकाशित : 17 May, 2022

प्रतिक्रिया दिनुहोस्