सिट र मत दुवैमा कांग्रेस पहिलो
सहयात्रा टिभी
काठमाडौँ । जेठ २७, वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामअनुसार जितेको सिट सङ्ख्या र प्राप्त मत दुवैका आधारमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएको दाबी गरिएको छ ।
स्थानीय तह निर्वाचन २०७९, स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन, मूल्याङ्कन तथा सुपरिवेक्षण उपसमितिले सार्वजनिक गरेको प्रतिवेदन अनुसार कांग्रेसले वडाध्यक्षलाई प्राप्त मतका आधारमा दोस्रो दल नेकपा एमाले भन्दा एक लाख ७५ हजार ७६ मतको अग्रताले सबैभन्दा ठूलो दल बनेको हो ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्कालाई बुझाइएको उपसमितिको प्रतिवेदनमा स्थानीय तह निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आएको र पहिलो दल बनेको उल्लेख छ ।