डिल्लीबजार कारागारमा सिके राउत र रेशम चौधरीको भेट

सहयात्रा टिभी

काठमाडौँ । असार ४, जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर सांसद रेशम चौधरीलाई भेटेका छन् ।

राउत आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका हुन् ।

उनले पाँच मिनेट मात्रै चौधरीसँग कुराकानी गरेको कारागार स्रोतले बतायो । भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।

उनीमाथि टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोग लगाइएको छ । उनलाई रिहा गर्न लोसपाका नेताहरुले सरकारसँग माग गर्दै आएका छन् ।

प्रकाशित : 18 June, 2022

प्रतिक्रिया दिनुहोस्