केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बहुमत कसैको आउँदैन, गठबन्धन कायमै रहन्छःमाधव नेपाल

सहयात्रा टिभी

काठमाडौँ । असार ५,  नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका छन्।

आइतबार समाजवादी प्रेस संगठनको आयोजनामा भएको सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनमा कुनै एक पार्टीले मात्र बहुमत नल्याउने भएकाले यो गठबन्धन आगामी दिनमा पनि कायमै रहने बताएका हुन्।

‘आगामी चुनावमा एउटै पार्टीको बहुमत आउने सम्भावना कम छ, हाम्रो निर्वाचन प्रणालीनै त्यस्तै खालको छ’, उनले भने, ‘कुनै एक पार्टीको बहुमति नआउने भएकाले हामीले मिलेरै जानूको विकल्प छैन।’

यस्तै उनले आगामी चुनावमा सिट बाँडफाँटमा ढिलाई हुन नहुने जिकिर गरेका छन्।

उनले स्थानीय चुनावबाट गठबन्धनले सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने पाठ सिकाएको भन्दै आगामी निर्वाचनमा पनि गठबन्धनका दलबीच सिट बाँडफाँटमा ढिलाइ गर्न नहुने बताए।

प्रकाशित : 19 June, 2022

प्रतिक्रिया दिनुहोस्