केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले अध्यक्ष ओली र बामदेव गौतमबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाडौं । असार १६, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम आज बिहान बालकोटस्थित ओली निवास पुगेका थिए ।

सकेसम्म वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयास अन्तर्गत गौतमले ओलीलाई भेटेको जनाईएको छ ।नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाइरहेका छन् ।

प्रकाशित : 30 June, 2022

प्रतिक्रिया दिनुहोस्