केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गण्डकी प्रदेश सभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

सहयात्रा टिभी

काठमाडौँ । असार २०, गण्डकी प्रदेश सभाको बैठक आज बस्दैछ । बजेट भाषण गरेको २० दिनपछि गण्डकी प्रदेश सभाको बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी एमाले र सत्तारुढ दलबीचको लामो समयको रस्साकस्सीपछि आज दिउँसो १ बजेदेखि बैठक बस्ने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

आइतबार बसेको गण्डकी प्रदेशको कार्यव्यवस्था समितिको बैठकमा सहमति भएपछि आज प्रदेश सभा बैठक बस्ने भएको हो । आज र भोलि विनियोजन विधेयकमा छलफल हुने र २२ गतेदेखि बजेटउपर छलफल हुने भएको हो ।

असार १ गते गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बरालले आर्थिक वर्ष २०७९–०८० का लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गरेका थिए ।

बजेट भाषणपश्चात २ गते बजेटउपर छलफल गर्ने भनिएपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, अर्थमन्त्री रामजी बराल र प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको तालमेल नमिल्दा बजेटउपर दफावार छलफल हुन सकेको थिएन । बरालले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब ९० करोड आकारको बजेट प्रस्तुत गरेका थिए ।

प्रकाशित : 4 July, 2022

प्रतिक्रिया दिनुहोस्