केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बाबुरामले डाके समानान्तर केन्द्रीय समितिको विस्तारित बैठक

सहयात्रा टिभी

काठमाडौँ । असार २१, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका छन् ।

पार्टीभित्र आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा भट्टराईले छुट्टै बैठक डाकेका हुन् । अध्यक्ष उपेन्द्र यादवले यही असार २७ र २८ गते केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएकै दिन भट्टराईले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएका हुन् ।

‘पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रीय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले भने । उनका अनुसार केन्द्रीय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।

आन्तरिक कलहमा होमिईरहेको बेला अध्यक्ष यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपाल भित्र विवाद थप चर्किँदै गएको छ ।

प्रकाशित : 5 July, 2022

प्रतिक्रिया दिनुहोस्