केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक स्थगित

सहयात्रा टिभी

काठमाडौँ । असार २१, नेकपा माओवादी केन्द्रको दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक अचानक स्थगित भएको छ । आजको बैठक भोलिसम्मलाई सरेको एक नेताले जानकारी दिए ।

आज ११ बजे बस्ने भनिएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा स्पष्टीकरण दिने कार्यक्रम थियो ।

पदाधिकारी चयन लगायतबारे आन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ । अर्को बैठक भोलि बुधवार दिउँसो एक बजे बस्ने तय भएको जानकारी दिइएको छ ।

यसअघि सोमबारको बैठकमा केन्द्रीय समिति सदस्यहरुले पदाधिकारीका साथै पोलिटब्युरो र स्थायी कमिटी गठनको माग गरेका थिए ।

पदाधिकारी चयनका विषयमा आज नेताहरू अनौपचारिक छलफलमा जुट्ने भएकाले बैठक भोलिका लागि सारिएको बताइएको छ ।

प्रकाशित : 5 July, 2022

प्रतिक्रिया दिनुहोस्