केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज

सहयात्रा टिभी

काठमाडौँ । असार २२, नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे हुने माओवादी केन्द्रले जानकारी दिएको छ ।

आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने भएका छन् ।

आइतबारदेखि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको बैठक मंगलबार भने आकस्मिक रुपमा स्थगित गरिएको थियो ।

माओवादी केन्द्रको पूर्वस्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ ।

प्रचण्ड निवास खुमलटारमा मंगलबार बसेको बैठकले आजको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव गर्ने जिम्मेवारी दिएको थियो ।

नेता गणेश साहले आजको बैठकमा पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन गर्ने बताए । उनका अनुसार सबै प्रस्ताव ल्याउने जिम्मा अध्यक्षलाई दिइएको छ ।

प्रकाशित : 6 July, 2022

प्रतिक्रिया दिनुहोस्