बुढीगंगामा प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी
काठमाडौँ । असार २६, बाजुराको बुढीगंगा नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ । गत ३० वैशाखमा भएको मतदान रद्द भएपछि बुढीगंगामा पुन: मतदान भएको हो ।
नगर प्रमुखमा एमालेबाट उम्मेदवारी दिएका रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन् ।
बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएर विजयी भएका हुन् । उनीसँग पराजित कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत पाए । उपप्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत ल्याएकी छन् । कांग्रेसका उम्मेदवार रिता शाही (शाह) ले ३ हजार ७ सय ५५ मत ल्याइन् ।
बाँनिया र कुँवर ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार थिए । तर त्यसबेला कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।
१० वडा रहेको बुढीगंगामा ७ वटा वडाकाका वडाअध्यक्ष पदमा एमालेले जितेको छ । कांग्रेसले ३ वटा वडा जितेको छ । वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् भने ४, ७ र ८ मा कांग्रेस विजयी भएका छन् ।
गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनका क्रममा एमालेमाथि धाँधली आरोप लागेको थियो। त्यसपछि निर्वाचन आयोगको टोलीले स्थलगत अध्ययन गरेर पुन:निर्वाचन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।