काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ । असार २८, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। केन्द्रीय कार्यसमितिको बैठक पार्टी मुख्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ।
बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने छ ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ । बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन् ।
सोमबारको बैठकमा स्थानीय निर्वाचन परिचालन समिति र प्रचारप्रसार समितिको प्रतिवेदन पेस गरिएको छ। बैठकको पहिलो दिन सात वटै प्रदेशका पार्टी सभापतिले आ–आफ्नो क्षेत्रको रिपोर्टिङ गर्नुका साथै धारणा राखेका छन्।
बैठकमा भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, विभाग गठन लगायत विविध एजेण्डामा पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुनेछ।
केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यलाई बोल्नका लागि ७ मिनेटको समय छुट्टाइएको छ।
प्रकाशित मिति : २८ असार २०७९, मंगलबार ६ : ०७ बजे