अर्थमन्त्रीमा पुन : जनार्दन शर्मा नै नियुक्त हुने, आजै शपथ ग्रहण गराउने तयारी
सहयात्रा टिभी
काठमाडौँ । साउन १५, अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका हुन् ।
उनलाई आजै शपथ ग्रहण गराउने तयारी छ । आर्थिक वर्ष २०७९र८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोपमा उनले गत असार २२ गते राजीनामा दिएका थिए । बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले सो क्रममा अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश भएको नदेखिएको प्रतिवेदन गत शुक्रबार बुझाएको थियो ।