अनेरास्ववियु द्धरा पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै विरोध प्रदर्शनी

सहयात्रा टिभी

काठमाडौं । साउन १८, अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि नेपालमा नघटाइएको भन्दैअनेरास्ववियु उपत्यका विशेष कमिटीको आयोजनामा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि आज बिहान विरोध प्रदर्शनी गरिएको छ ।

नेकपा एमालेका सहभागी कार्यकर्ताहरुले आज भएको प्रदर्शनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्दै राजीनामाको माग गरेका थिए ।  भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य अनुसार नेपाल आयल निगमले मूल्य समायोजन गर्दै आएको छ ।

मूल्य बढेर आउँदा बढाउने र घटेर आउँदा घटाउने स्वचालित प्रणाली लागू हुँदै आएको,र त्यस अनुसार नेपालमा पनि लागु  हुनु पर्ने भन्दै  पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको अन्तर्राष्ट्रिय बजार मूल्य घटेकाले त्यस अनुसार समायोजन गर्नु पर्ने अनेरास्ववियुले माग गरेको छ ।

 

 

प्रकाशित : 3 August, 2022

प्रतिक्रिया दिनुहोस्