क्रान्तिकारीका महासचिव वैद्य र नेकपाका बास्तोलाबीच संयुक्त प्रेस विज्ञप्ति

काठमाडौं । साउन २०, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टी एकतालाई अगाडि बढाउने निर्णय गर्दै आज बैठक बस्दै छ
काठमाण्डौमा आज क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’सहित बसेको बैठकले पार्टी एकतालाई अगाडि बढाउने सहमति गरेको हो ।
दुई पार्टीको नेतृत्वसहित वार्ता टोलीको संयुक्त बैठकले एकता संयोजन समिति गठन गरेको बैठकपछि जारी प्रेस संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैठकले ६/६ जना गरी १२ सदस्यीय संयोजन समिति गठन गरी। संयुक्त प्रेस विज्ञप्तिमा एकता प्रकृयामा सामेल हुन पार्टी सङ्गठन र नेतारकार्यकर्तालाई आह्वानसमेत गरेको जानकारी प्राप्त भएको छ ।