अझै एम अधिकारीको पहिचान हुन नसकेकोमा सांसद अतहरको आपत्ति
काठमाडौँ । साउन २४, सत्तारूढ नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले एम अधिकारीको पहिचान सदनले अझै गर्न नसकेको भन्दै आपत्ति जनाएका छन् । सांसद मुसलमानले सदनमा पटक–पटक उठेको एम अधिकारी को हुन् ? भन्ने विषय आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको तत्काल पहिचान गर्न आवश्यक रहेको बताउनुभयो ।
आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उहाँले एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन वा होइनन् ? भन्ने कुरा आम जनताको पनि सरोकारको विषय भएकाले त्यसको पहिचान गर्न संसदले ढिलाइ गर्न नहुने बताउनुभयो । सांसद मुसलमानले भन्नुभयो, ‘यो सदनभित्र पटक–पटक उठेको विषय एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौँ ।
सदनमा पटक–पटक उठेको विषयमा हामीले जनताको बीचमा गएर के जवाफ दिने हो रु एम अधिकारी को हुन् रु महाप्रसाद अधिकारी हुन् कि, माधव अधिकारी हुन् ? कहाँका बासिन्दा हुन ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै किसान हुन् ? यसको तत्काल पहिचान गर्न आवश्यक रहेको जानकारी गराउदै अझै पहिचान हुन नसक्नुमा आपत्ति जनाउदै हामी जनताको माझमा जाँदा के जवाफ दिने भन्ने विषयमा प्रश्न गर्नु भयो ।