ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई ओलीको आग्रह

सहयात्रा टिभी

काठमाडौँ । साउन २९, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूभन्दा ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेको  काठमाडौंमा आयोजित  एक कार्यक्रममा जनाएको छ ।

कार्यक्रममा ओलीले उक्त आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो भने गलत हुन्छ’। भन्दै सम्पुर्ण युवाहरुलाई ज्येष्ठ नागरिकका कुरा पनि सुन्न आग्रह गर्दै मान्छे सधैं युवा रहन नसक्ने तर युवा जत्तिकै ऊर्जाशील रहन सक्ने पनि उनले बताए ।
आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए । बिरामी भएको बेलामा पनि आफू सक्रिय हुने गरेको उनले बताए ।
मिर्गौला प्रत्यारोपणका लागि अस्पतालको बेडमा रहँदा पनि आफूले एउटा गीत रचना गरेको सुनाए । ‘होस खुलेपछि साह्रै म भाग्यमानी रहेछु भन्ने लाग्यो र गुनगुनाएँ- छानेर नी होइन, होइन जानीजानी । तर जन्मे नेपालमा कति भाग्यमानी ।’ आफूले लेखेको यो गीत शिशिर योगीको स्वरमा रेकर्ड भएको पनि उनले बताए ।

 

 

 

 

 

प्रकाशित : 14 August, 2022

प्रतिक्रिया दिनुहोस्