प्रधानमन्त्री निवासमा सत्ता गठबन्धनको बैठक जारी, सहमतिको सम्भावना कमै
सहयात्रा टिभी
काठमाडौं । भदौ २७, प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको सिट बाँडफाँटबारे बैठक चलिरहेको जनाएको छ ।
सिट बाँडफाँटबारे सहमति खोज्न बालुवाटारमा जम्मा भएका नेताहरुबीच द्विपक्षीय र त्रिपक्षीय छलफल चलिरहेको सरकारका प्रवक्ता एवं कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठक स्थलबाट बाहिरिएका कार्कीका दलहरुको आआफ्नो अडान रहेका कारण एउटै निर्वाचन क्षेत्रमा एकभन्दा बढी दलको दाबी भएकाले आजै सहमति जुट्ने सम्भावना कम रहेको जनाए ।