बाँके १ बाट खेलकुद मन्त्री गहतराज सिफारिस

बाँके । भदाै २८, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँके क्षेत्र नं. १ बाट उम्मेदवार सिफारिस भएका छन् ।
मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले मन्त्री गहतराजलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो । उनी २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।