संविधान दिवसको अवसर पारेर एमालेको पैदल भ्रमण आयोजना

सहयात्रा टिभी

काठमाडौँ । भदौ २९, नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको जनाएको छ।

संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो ।अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा काठमाडौंका पाँच ठाउँबाट पैदलै वसन्तपुर डबली जाने कार्यक्रम रहेको एमाले नेता विष्णु रिजालले जानकारी दिएका छन् ।

एमालेले आफूलाई संविधानको संरक्षक, पालक, पोषक भएको प्रचार लैजान लागेको हो । संविधान संशोधन गराएर चुच्चे नक्सा अनुमोदन गराउने नेतृत्व पनि एमालेकै भएकाले यो संविधान दिवसलाई विशेष रुपमा मनाउन लागेको उनले बताए । असोज १ गते बिहान ६ः४५ बजे बाट मर्निङ वाक सुरु गर्ने भन्दै एमालेले शुभेच्छुक, सर्वसाधारणलाई पनि सहभागी हुन अपिल गरेको छ ।

प्रकाशित : 14 September, 2022

प्रतिक्रिया दिनुहोस्