महाअभियोग सिफारिस समितिको बैठक शुरू, प्रतिवेदन लेख्ने अन्तिम तयारी

सहयात्रा टिभी

काठमाडाै । असोज १, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग सिफारिस समितिको बैठक शुरू भएको छ ।

संसद सचिवालय सिंहदरबारमा शुरू भएको बैठकमा समितिका पदाधिकारी र राणा उपस्थित छन् । बैठकमा राणाले बयानको उतार गरिएका प्रत्येक पानामा हस्ताक्षर गरिरहेका छन् । बयानको उतार अध्ययनका लागि राणाले शुक्रवार घर लगेका थिए ।

बयानको उतारका पानामा राणाले हस्ताक्षर गरिसकेपछि केही पुरक प्रश्न सोधिने र शनिवारै प्रतिवेदन तयार गरेर संसदमा बुझाइने जनाइएको छ । प्रतिनिधि सभाको कार्यकाल शनिवारै रातिबाट सकिने भएको छ । समितिले कार्यकाल सकिनुअघि नै प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

 

प्रकाशित : 17 September, 2022

प्रतिक्रिया दिनुहोस्