बालेनको अभियानमा रामचन्द्र पौडेलको साथ
सहयात्रा टिभी
काठमाडाै । असोज १, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अभियानप्रति ऐक्यबद्धता जनाएका छन् ।
उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत महानगर प्रमुख शाहले सुरु गरेको ऐतिहासिक सम्पदा संरक्षणको अभियानप्रति ऐक्यबद्धता जनाएका हुन् ।
नेता पौडेलले काठमाडौंको पुरानो तस्बिर फेसबुकमा राख्दै ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको कर्तव्य भएको उल्लेख गरेका छन् ।
‘५० वर्षभन्दा पुरानो यो फोटोमा देखिएजस्ता कैयौं सार्वजनिक ऐतिहासिक पोखरी र पाटी वा पौवा अतिक्रमणमा परेका छन् । ऐतिहासिक सम्पदा र सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हाम्रो कर्तव्य हो,’ उनले तस्बिरसँगै लेखेका छन्, ‘काठमाडौंका मेयरले थालेको संरक्षण अभियान स्वागतयोग्य छ र यसमा मेरो पूर्ण सहयोग छ ।’