अधिवक्ता बिडारी : नागरिकता विधेयक माथी भ्रम फैलाइयो

सहयात्रा टिभी

काठमाडौं । असोज १२, राष्ट्रिय सभाका पूर्वसदस्य एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले भारतीय र तिब्बती मूलका नागरिकले नेपाली नागरिकता पाउन लागेको भ्रम फैलाइएको बताएका छन् ।

अन्तरक्रियाबाट जन्मसिद्धको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई नेपाली नागरिकता प्रदान गर्न र गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्न ल्याइएको नागरिकता विधेयक सही भएको निष्कर्ष निकालिएको अखिल क्रान्तिकारीको विद्रोही समूहका प्रवक्ता उपदेश यादवले जानकारी दिए ।

यसैगरी नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदम संविधान विपरीत भएको, नागरिकता विधेयक सम्बन्धमा एमालेले फैलाएको भ्रमलाई चिर्दै निर्वाचन सफल बनाउनुपर्ने र संविधान कार्यान्वयनमा माओवादी नेतृत्व आजको आवश्यकता भएको निष्कर्ष निकालिएको उनले बताए ।

अंगिकृत नागरिकताको सन्दर्भमा भने निश्चित हद म्याद सहितको कानुन निर्माण गर्नुपर्ने उनले बताए ।

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्