शेखर पक्षका नेताहरुद्वारा कांग्रेस कार्यालयमा धर्नामा

सहयात्रा टिभी

काठमाडौं । असोज १२, टिकट वितरणमा अन्याय भएको भन्दै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेको जनाएका छन् ।

पार्टी कार्यालय अगाडि मौन धर्नामा बसेका उनीहरुले एक घण्टासम्म बस्ने बताएका छन् ।उनीहरुले आफूहरुको धर्ना समान अवसर र न्यायका निम्ति भएको हो भनेका छन् ।

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारमा सिफारिस भएका र उम्मेदवार बन्न आकांक्षा राखेका नेताहरु धर्नामा बसेको जनाएका छन् ।

धर्नामा शेखर कोइराला र उनका पक्षका शीर्ष नेताहरु भने सहभागी छैनन् । सभापति शेरबहादुर देउवा पक्षले टिकट वितरणमा अन्याय गरेको भन्दै शेखर पक्ष आन्दोलनमा उत्रिएको हो ।

प्रकाशित : 28 September, 2022

प्रतिक्रिया दिनुहोस्