केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अध्यक्ष केपी ओलीविरुद्ध अछाममा नारावाजी

सहयात्रा टिभी

काठमाडौ । असोज २३, अछाम क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि झपट बोहोराले मनोनयन दर्ता गराउन जाँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजी भएको छ ।

बोहोराले उम्मेदवारी दर्ता गराउन जाँदा आइतबार दिउँसो ‘नेकपा एमाले जिन्दवाद, केपी ओली मुर्दावाद’को नारा लागेको हो ।

नारावाजी गर्नेहरुले कालोझण्डा पनि देखाएका छन् । अछाम १ बाट प्रतिनिधिसभा सदस्यका लागि एमाले नेता भीम रावल एकल सिफारिस भएका थिए ।

तर, एमाले अध्यक्ष ओलीले बोहोरालाई टिकट दिएका थिए । एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन् ।

प्रकाशित : 9 October, 2022

प्रतिक्रिया दिनुहोस्