प्रधानमन्त्री शेरबहादुर देउवाले गरे मतदान

डडेलधुरा । मंसिर ४, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । प्रधानमन्त्री देउवाले मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।
विसं २०४८ देखि लगातार निर्वाचित प्रधानमन्त्री देउवा पुनः सोही निर्वाचन क्षेत्रबाट उम्मेदवार छन् । प्रधानमन्त्री देउवाले आफूले मतदान गरेको भन्दै आम नेपाली जनतालाई पनि मतदानमा सहभागी हुन् आग्रह समेत गरेका छन् ।