मतगणनाको प्रारम्भिक विवरण : एमाले पहिलो, कांग्रेस दोस्रो, स्वतन्त्र पार्टी तेस्रो

सहयात्रा टिभी

काठमाडौँ । मंसिर ५, देशभर जारी मतगणनाको प्रारम्भिक विवरणअनुसार नेकपा एमालेले पाँच स्थानमा अग्रता लिएको छ। हालसम्म सार्वजनिक भएको मतगणनाको सुरुवाती विवरणअनुसार नेपाली कांग्रेसले एमालेलाई पछयाईरहेको छ ।

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित, झापा २ र धनुषा-३ मा एमालेले अग्रता लिइरहेको छ। नेपाली कांग्रेसले झापा ३, भक्तपुर-२ र मुस्ताङमा अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की–२ र काठमाडौँ ७ मा अग्रता लिइरहेको छ ।

प्रकाशित : 21 November, 2022

प्रतिक्रिया दिनुहोस्