सप्तरी-२ मा सिके राउत दोब्बर मतले अघि

सहयात्रा टिभी

सप्तरी । मंसिर ६, सप्तरी-२ मा जनमत पार्टीका उम्मेदवार सीके राउतले दोब्बर मत सहित अग्रता लिइरहेका छन्।

राउतले १२ हजार २२५ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ६ हजार २० मत प्राप्त गरेका छन्। यादव विपक्षी गठबन्धनका उम्मेदवार हुन्।

यस्तै‚ सत्ता गठबन्धनका उम्मेदवार रहेका लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले दुई हजार ३४४ मत प्राप्त गरेका छन्।

प्रकाशित : 22 November, 2022

प्रतिक्रिया दिनुहोस्