धनुषामा जसपाका रामअशिष यादव विजयी

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, धनुषा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) बाट जनता समाजवादी पार्टी जसपाका रामअशिष यादव विजयी हुनुभएको छ। यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित हुनुभएको हो।

उहाँका निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका श्यामकुमार यादवले ९ हजार ५ सय ६६ मत पाउनु भएको छ भने एमालेका सञ्जीव कुमार सुरजले ९ हजार २ सय ४ मत प्राप्त गर्नु भएको छ। विजयी भएका यादव नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष हुनुका साथै यसअघि पनि प्रदेश सांसद हुनुभएको थियो ।

 

प्रकाशित : 24 November, 2022

प्रतिक्रिया दिनुहोस्