प्रदेशसभामा सप्तरीबाट राजकुमार लेखी निर्वाचित

सहयात्रा टिभी

काठमाडौं । मंसिर ८, सप्तरी क्षेत्र नम्बर १ (क)बाट नेकपा एमालेका उम्‍मेदवार राजकुमार लेखी निर्वाचित भएका छन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीका शिन नन्दन महतो दोस्रो र सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका बेचनप्रसाद चौधरी थारू तेस्रो भएका छन् ।

लेखीले निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिननन्दन महतोलाई ५ हजार १९८ मतान्तर पराजित गर्दै निर्वाचित भएका हुन् । लेखीले १४ हजार २९१ मत ल्याउँदा उनका प्रतिस्पर्धी जनमतका महतोले ९ हजार ९०९३ मत मात्र ल्याए ।

यस्तै माओवादी केन्द्रका थारूले ७ हजार ५४२ मत, स्वतन्त्रका शम्भुबहादुर खड्काले २ हजार६६५ मत, स्वतन्त्रका हेमराज तातेडले १ हजार १४३, राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेश परियारले १ हजार ८० र लोकतान्त्रिक समाजवादी पार्टीका तुलसी प्रसाद चौधरीले ५६० मत ल्‍याए ।

 

प्रकाशित : 24 November, 2022

प्रतिक्रिया दिनुहोस्