केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुवास नेम्वाङ भन्दा डम्बर खड्का १६ मतले अगाडि

सहयात्रा टिभी

इलाम । मंसिर १०, प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्।

इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् ।

अब इलाम क्षेत्र नं २ मा इलाम नगरपालिका–१ र २ को मतगणना गर्न बाँकी रहेको छ । इलाम नगर प्रवेश भएसँगै डम्बरले अग्रता घटाउँदै ल्याएका थिए । वडा नं ३ को गणनामा आइपुग्दा उनले नेम्वाङलाई उछिन्न पुगेका हुन् ।

प्रकाशित : 26 November, 2022

प्रतिक्रिया दिनुहोस्