केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसकी गुरुङ विजयी

सहयात्रा टिभी

तेह्रथुम । मंसिर १०, तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ विजयी भएकी छन् । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तेह्रथुममा गुरुङले निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुब्बालाई पराजित गरेकी हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार विजयी भएकी कांग्रेसकी गुरुङले १९ हजार सात सय दुई मत प्राप्त गरिन् । एमालेका उम्मेदवार सुब्बाले १८ हजार छ सय २३ मत ल्याएका छन् । दुवै जनाबीच एक हजार ७९ मतान्तर रहेको छ ।
यसअघि गुरुङ २०७४ सालको निर्वाचनमा स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङसँग दुई हजार २१ मतान्तरले पराजित भएकी थिइन्। गुरुङ दोस्रो प्रयासमा विजयी भएकी हुन्। खापुङले भने यसपटक टिकट पाएनन् ।

एमाले उम्मेदवार सुब्बा २०४८ र २०५६ सालको निर्वाचनमा निर्वाचित भएका थिए । विसं २०७४ सालको स्थानीय तह चुनावमा पाँच पालिका जितेको एमालेले गत वैशाखमा सम्पन्न पालिका चुनावमा भने तीन पालिका मात्रै जितेको छ । कुल ७१ हजार नौ सय ३३ मतदाता रहेका जिल्लामा ४१ हजार एक सय ८० जनाले मतदान गरेका थिए ।

प्रकाशित : 26 November, 2022

प्रतिक्रिया दिनुहोस्