दोलखामा माओवादीकाे अग्रता

दोलखा । मङ्सिर १६, एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सुरु भएको प्रारम्भिक मत गणनाअनुसार लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा(माओवादी केन्द्र)का उम्मेदवार गङ्गा कार्कीले अग्रता लिएको छ ।
गए राती ९ बजेबाट सुरु भएको मत गणनामा कार्कीले दुई हजार ७९४ मत गन्दा एक हजार ६२७मत ल्याएर अग्रता हासिल गरेका छन् भने नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण सिवाकोटीले ८१२ मतले पछ्याइरहेका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले १०४ मत ल्याएका छन् ।
प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसीले दुई हजार १८५ मत ल्याएर अग्रता लिएका छन् भने नेपाली काँग्रेसका बर्मा लामाले एक हजार ८५७ ले पछ्याइरहेका छन् । प्रदेश १ मा नेपाली काँग्रेसका कुन्दनराज काफ्लेले दुई हजार ३३९ मतले अगाडि छन् भने नेकपा एमालेका नरबहादुर श्रेष्ठले ९३२ मत ल्याएर पछ्याइरहेका छन् ।