दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखियो

सहयात्रा टिभी

काठमाडौं । मंसिर १९, निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो ।

मत गणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मत प्राप्त गरेका छन् ।

अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र मेलुङ गाउँपालिकाको वडा नम्बर १ र र विगु गाउँपालिकाको वडा नम्बर १ मात्रै गणना गर्न बाँकी रहेको छ ।

प्रकाशित : 5 December, 2022

प्रतिक्रिया दिनुहोस्