एमालेको सचिवालय बैठक सम्पन्न

सहयात्रा टिभी

काठमाडौं । मंसिर २४, एमालेको सचिवालय बैठक सकिएको छ । आज बसेको बैठकले समानुपातिक सांसदको सूची टुंगो लगाउनुका साथै गत आमनिर्वाचनमा पार्टीविरुद्ध गतिविधि गर्नेलाई कारबाही गरेको छ ।

बैठकपछि पत्रकारहरूलाई निर्णय बारे जानकारी दिँदै एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले निर्वाचन आयोगलाई पहिला नै बुझाएको सूचीमा कुनै पनि हेरफेर नगरिएको बताए ।

उनका अनुसार पार्टीले आजै ५ बजेभित्रै समानुपातिक सूची आयोगमा बुझाउने छ । यस्तै, बैठकले नयाँ सरकार गठनबारे कुनै छलफल नगरेको उनले जानकारी दिए ।

प्रकाशित : 10 December, 2022

प्रतिक्रिया दिनुहोस्