नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै  नेता चयन गर्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर २९, नेकपा माओवादी केन्द्र सांसदहरुले सपथ लिएलगत्तै दलको नेता चयन गर्ने प्रक्रियामा जाने भएको छ । निर्वाचन आयोगले मतपरिणाम राष्ट्रपतिलाई बुझाइसकेकाले माओवादीले सांसदहरुको शपथपछि मात्रै दलको नेता चयन गर्ने भएको हो ।

नवनिर्वाचित सांसदलाई संसदको जेष्ठ सदस्यले पद तथा गोपनियताको शपथ खुवाउने व्यवस्था छ । माओवादीमा संसदीय दलको नेतामा पुष्प कमल दाहाल ‘प्रचण्ड’ हुने निश्चित जस्तै भएकाले अरू नेता कसैले दाबी गरेका छैन ।

त्यसैले दलको नेता विस्तारै चयन हुने माओवादी नेता एवम नव निर्वाचित प्रतिनिधि सभा सदस्य रेखा शर्माले बताइन् । माओवादीबाट निर्वाचित ३२ जना सांसद छन् ।

प्रचण्ड दलको नेता हुने निश्चित जस्तै भएकाले पहिलो चरणमै प्रधानमन्त्री कसरी हुने भन्ने विषय छलफल तीव्र बनाएका छन् । त्यसका लागि प्रचण्डले विभिन्न पार्टीका नेताहरू निरन्तर छलफल जारी राखेका छन् ।

यद्यपि नेपाली कांग्रेस संसदको पहिलो दल भएकाले सरकारको नेतृत्व नछोड्ने मुडमा देखिएको छ भने गठबन्धनमा भागबन्डा पेचिलो बनेको छ।

प्रकाशित : 15 December, 2022

प्रतिक्रिया दिनुहोस्