पुस ६ मा कांग्रेस संसदीय दलको नेताको चुनाव हुने

काठमाडौ । पुस ४, नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ । त्यसका लागि पुस ५ गते विहान ८ देखि ११ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ।
आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । मतदान भने पुस ६ गते विहान ८ बजेदेखि १० बजेसम्म हुनेछ ।