सरकार गठनको फोहोरी र अनुचित खेलमा एमाले नलाग्ने :ओली

सहयात्रा टिभी

काठमाडौ । पुस ५, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु सरकार गठनको अनुचित र फोहोरी खेलमा नलाग्ने बताएका छन् ।

फाइल तस्वीर

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई दिन आयोजित कार्यक्रममा उनले अहिले सरकार गठनका लागि फोहोरी र अनुचित खेल भइरहेको टिप्पणी गरे ।

अहिले एमालेबाहेकका दलका नेताहरुमा सरकार के का लागि बनाउने भन्दा पनि पद प्राप्त कसरी गर्ने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने मात्र आकांक्षा देखिएको ओलीले बताए ।

‘सरकार गठनको यस्तो अनुचित र फोहोरी उद्देश्यप्रति नेकपा एमाले पूर्ण रुपमा असहमत छ र त्यसको विरुद्धमा छ’ उनले भने, ‘यस्तो हिसाबले सरकार गठन गर्ने क्रियााकलापमा हामी लाग्दैनौं ।’

सत्तामा वा प्रतिपक्ष जहाँ रहे पनि राष्ट्रियता, लोकतन्त्र, सुशासन, कानुनी राज, नागरिक सम्मान र सामाजिक स्थिरताका पक्षमा आफूहरु दृढतापूर्वक उभिने ओलीले बताए ।

 

प्रकाशित : 20 December, 2022

प्रतिक्रिया दिनुहोस्