बाक्लो हुस्सुका कारण आज बिहानैदेखि उडान प्रभावित

काठमाडौं । पुस ७, आज बिहिबार बिहानैदेखि काठमाडौं लगायतका प्रमुख शहरहरुमा बाक्लो हुस्सु तथा कुहिरो लागेका कारण अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार काठमाडौं, विराटनगर, भैरहवा, जनकपुर, पोखरा, सिमरा, नेपालगञ्जलगायतका शहरमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेका कारण हवाई उडानहरु प्रभावित भएका हुन् ।
‘यसको असर आज हुने दिनभरीको उडानमा पर्ने हुँदा उडानहरु ढिला हुने र रद्ध हुने सम्भावना रहेको जानकारी गराईन्छ, प्रवक्ता बर्तौलाले भनेका छन् ।